स्थानीयसँगै विश्वबजारमा बिक्ने जनशक्ति चाहिन्छः मुख्यमन्त्री अधिकारी

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीयसँगै विश्व बजारमा कुन प्रकारको जनशक्ति आवश्यक छ त्यसको प्रक्षेपण गर्दै तयार पानुपर्ने बताएका छन्।
प्राकृतिक स्रोत साधनलाई कसरी सदुपयोग गर्न सकिन्छ योजना बनाएर लाग्नुपर्ने उनको भनाई छ। ‘हाम्रो प्राकृतिक स्रोत कुन हो त ? त्यसको अधिकतम उपयोग कसरी गरेर मान्छेलाई सस्टेन गर्ने व्यवसायमा ? त्योतिर जानुपर्नेछ’, मुख्यमन्त्री अधिकारीले भने।
गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको तेस्रो प्रतिष्ठान सभा बैठकलाई शुक्रबार सम्बोधन गर्दै मुख्ममन्त्री अधिकारीले स्थानीय बजारमा आवश्यक र विश्वबजारमा विक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेकोमा जोड दिए।
‘हाम्रो ११ जिल्लामा मुख्य मानव जीवनसँग जोडिएका र मानव जिवनलाई सस्टेन गर्ने टेक्नोलोजि के थिए तिनलाई मोर्डनाइजेशन कसरी गर्ने एउटा पक्ष। अर्को पक्ष के हो भने अन्तर्राष्ट्रिय बजारमा म्याग्निफाइड गर्ने हो कि मल्टिप्लाइ गर्ने हो कि या त्योसँग कसरी जोड्ने भनेर कोर्ष डिजाइन गर्नुपर्छ’, उनको भनाइ छ।
सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले राजनीतिकरणले देश विकास नभएको आरोप लगाए। ‘राजनीतिकरणले देश विकास हुन्छ भन्ने सोच राख्छौं। त्यो हुन पनि सत्य कुरा हो’, उनले भने, ‘विगतको राजनीतिलाई हेर्ने हो भने भाषण र चुनावमा जनता र देशको आवाज बोल्ने तर चुनावबाट भोट जितेपछि देश र जनताको आवाज हैन आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न सत्तामा लिप्त हुने।’
विदेश मात्रै होइन देशमै जीवनयापन गर्न सक्ने सिप सिकाउन जरुरत रहेको उनको भनाइ छ। विश्व बजारमा नेपालको शिक्षा निकै कमजोर बनेको मन्त्री गुरुङले बताए।