लाओस विरुद्ध फाइनल खेलका लागि यस्तो छ नेपालको सुरुवाती ११

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलका लागि नेपालको सुरुवाती ११ सार्वजानिक गरिएको छ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले कप्तान किरण चेम्जोङको कप्तानीमा लाओसविरुद्ध खेल्ने सुरुआती-११ घोषणा गरेका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र लाओसबीचको खेल साँझ ५:३० बजे सुरु हुने छ।
उपाधि जित्ने लक्ष्यमा रहेका दुबै टिम अन्तिम खेलमा आफ्नो पकड कायम गर्ने ध्याउनमा रहेका छन्।
नेपालले आज भुटान विरुद्ध गोल गरेका दिपक सिंह ठकुरीलाई सुरुवाती ११ मा राखेको छ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन्।
लाओससँग खेल्ने नेपाली टोली गोलकिपर – किरण चेम्जोङ डिफेन्डर – अनन्त तामाङ, विकास खवास, सनिश श्रेष्ठ, रोहित चन्द मिडफिल्डर – नविन लामा, मणि कुमार लामा, एरिक विष्ट, फरवार्ड – आयुष घलान, दिपक सिंह ठकुरी, मनिष डाँगी