स्याउ जोन परियोजनाले आगामी वर्ष ३ करोड खर्च गर्ने

सिमकोट – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइले आगामी वर्षका लागि तीन करोड बीस लाख बजेट खर्च गर्ने योजना तर्जुमा गरेको छ। ०८०/८१ का लागि परियोजना लागू भएका गाउँपालिकामा जनप्रतिनिधि, सञ्चालनक समिति र सफल कृषि उद्यमीको सहभागितामा सो योजना तर्जुमा गरिएको हो।
आगामी वर्षका लागि योजना तर्जुमा गर्ने कार्य भएको परियोजनाका प्रमुख विष्णुुबहादुर मग्रान्तीले बताए। परियोजनाले चालुुतर्फ ३ करोड र पुँजीगततर्फ २० लाख बजेट तर्जुमा गरेको हो।
परियोजनाले सिमकोट गाउँपालिका–१, २, ३, ४, ५, ६, ७ नम्बर वडा र नाम्खा गाउँपालिकाको वडा नम्बर १ मा स्याउ जोन कार्यक्रम लागू गरेको छ।
त्यसैगरी सर्केगार्ड गाउँपालिका– ५,७ र ८ नम्बर वडामा भेडाबाख्रा जोन कार्यक्रम सञ्चालन गर्दै आएको छ। आगामी वर्षका लागि सहभागीको सुुझावसहित तर्जुमा भएको क्रियाकलापमा स्याउ जोनतर्फ स्याउको कलमी बिरुवा वितरण र क्षेत्र विस्तार, ओखरको कलमी बिरुवा र क्षेत्र विस्तार, जीर्ण बगंैचा व्यवस्थापन, स्याउको चाक्लाबन्दीमा खेती, स्याउ तथा ओखरको नर्सरी स्थापना, बाली स्वास्थ्य कार्यक्रम र भेडाबाख्रा जोनअन्तर्गत स्रोत केन्द्र निर्माण, नश्ल सुधार, बाख्राको खोर निर्माण तथा सुधार, पशुु आहार कार्यक्रम तथा पशु स्वास्थ्य कार्यक्रम तर्जुमा गरिएको छ।
त्यसैगरी, स्याउ भेडाबाख्रा बजार विकास कार्यक्रमअन्तर्गत स्याउको पोष्ट हार्भेट व्यवस्थापन, स्वच्छ मासुु पसल स्थापना रहेका छन्। कृषि यान्त्रीकीकरण कार्यक्रममा स्याउ खेतीका लागि कृषि यान्त्रीकीकरण, भेडाबाख्राका लागि मेसिनरी औजार उपकरण वितरण कार्यक्रम तय गरिएको छ।
त्यस्तै, उत्कृष्ट कृषकलाई सम्मान, सीप विकास तालिका र सञ्चालिक कार्यक्रम निरन्तरताका लागि सहयोग कार्यक्रम रहेका छन्। जिल्लामा स्याउ जोन ०७६/७७ र भेडाबाख्रा जोन कार्यक्रम २०७७÷०७८ बाट लागू भएका हुन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए। त्यसैगरी परियोजना लागू भएको नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले नाम्खा गाउँपालिकामा चरन क्षेत्र बढी भएका कारण भेडाबाख्रा जोन कार्यक्रम पनि लागू हुनुपर्ने बताए।