लक्ष्यभन्दा कम उठ्यो राजस्व

काठमाडौँ – आन्तरिक राजस्व कार्यालय हेटाँैडाले चालु आर्थिक वर्षको नौ महिनामा चार अर्ब चार करोड ३८ लाख राजस्व संकलन गरेको छ।
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको राजस्व संकलन लक्ष्य चार अर्ब ३५ करोड नौ लाख ४० रहेकामा कार्यालयले उक्त अवधिमा चार अर्ब चार करोड ३८ लाख राजस्व संकलन गरेको जनाइएको छ। लक्ष्यको तुलनामा झन्डै ३१ करोड कम राजस्व संकलन भएको हो।
कार्यालयका सूचना अधिकारी अवधेशकुमार यादवका अनुसार कार्यालयले अवधिमा आयकरवापत ५८ करोड ५९ लाख २१ हजार, घरवहाल करवापत एक करोड दुई लाख ८४ हजार, ब्याज करबापत चार करोड ७३ लाख नौ हजार, मूल्यअभिवृद्धि करवापत ६० करोड १६ लाख १३ हजार उठेको छ।
त्यस्तै स्वास्थ्य करवापत ४२ करोड १३ लाख ५२ हजार तथा शिक्षा कर वापत चार हजार राजस्व संकलन भएको जानकारी दिएको छ। बजार व्यवसायमा आएको कमी, उद्योगहरूको उत्पादन, बिक्री घट्नु र विकास निर्माणका कमीले लक्ष्यअनुसार राजस्व संकलनमा कमी आएको हो।