रास्वपामा उपनिर्वाचनका लागि लामिछाने, खरेल र वाग्लेको उम्मेदवारी पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको ‍औपचारिक टुंगो लगाएको छ।

रास्वपाले चितवन–२ मा पार्टी सभापति रवि लामिछाने, बारा–२ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ–१ मा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निश्चित यसअघि नै गरे पनि शुक्रबार यसलाई औपचारिकता दिएको हो।

पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार प्रारम्भिक सूचीमा रहेका अन्य उमेदवारले खरेल र वाग्लेलाई बारा २ र तनहुँ १ का लागि छानेका हुन्। चितवन–२ का लागि भने लामिछानेको एकल नाम उम्मेदवारीमा थियो।
चैत १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्