एकीकृत बस्ती विकास कार्यक्रमले माटोका छाना हटे

सिमकोट – खार्पुनाथ गाउँपालिका– ४ को छिप्रा वस्तीमा माटोका छाना विस्थापित हुने कार्य भएको छ। एकीकृत बस्ती विकास कार्यक्रमले माटोका छाना विस्थापित गर्न न्यून आयश्रोत भएका घरधुरीको जस्तापाता छाएको घर निर्माण गरेपछि उक्त गाउँको स्वरुप नै फेरिएको हो।

गाउँका एकीकृत बस्ती विकास कार्यक्रमबाट नयाँ घर निर्माण गर्नुभएका जगत सिंहले जस्तापाता छाएको घर आफूले कहिल्यै निर्माण गर्न सक्ने अवस्था नरहेको भन्दै गाउँगाउँमा सरकार पुुग्दा नयाँ जस्तापाता छाएको घर निर्माण सम्भव भएको बताए।
उनले केही आफ्नो लगानी थपेर दुुई तले ६ कोठे भवन निर्माण गरेका छन्। वर्षौंदेखि पानी पर्दा चुहिने घरमा बस्दै आएकोमा अब भने घामपानीले असर नगर्ने घरमा बस्न पाएका हुन्। उनलाई उक्त भवन बनाउन ६ महिना लागेको थियो।

गाउँपालिका अध्यक्ष कर्णबहादुुर रावलले वडाका न्यून आयश्रोत भएका ५० घरधुरी छनोट गरेर कार्यक्रमले घर निर्माण गर्ने कार्यमा सहयोग गरेको बताए। अध्यक्ष रावलले वडाका न्यून आयश्रोत भएका ५० घरधुरी छनोट गरेर कार्यक्रमले घर निर्माण गर्ने कार्यमा सहयोग गरेको जानकारी दिए। छिप्रा बस्तीमा सय घरधुरी छन्। तीमध्ये आर्थिक रुपमा सवल घरधुरीले आफँैले जस्ता छाएको घर निर्माण गरेका छन्। छिप्रा बस्तीमा सय घरधुरी छन्।

तीमध्ये आर्थिक रुपमा सवल घरधुरीले आफैँले जस्ता छाएको घर निर्माण गरेका थिए। अध्यक्ष रावलले कार्यक्रमबाट प्रत्येक घर निर्माण गर्न आठ लाख ९५ हजार रुपैयाँ अनुदान दिएका घरधुरी आफँैले घर निर्माण गरेको जानकारी दिए।
कार्यक्रमले ५० घर निर्माण गरेको र ती सबै घर निर्माण कार्य पूरा भई स्थानीय बसिसकेका छन्। जम्मा निर्माण गरिएका घरका लागि कार्यक्रमले चार करोड ४७ लाख पचास हजार रुपैयाँ लगानी गरेको छ।

केहीले तीन कोठे एक तले र केहीले आफूले बजेट थपेर ६ कोठे दुुई तले भवन निर्माण गरेका छन्। छिप्रा बस्तीको केहीले आफ्नै लगानी र ५० घरधुरीलाई कार्यक्रमले अनुदान दिएर घर निर्माण गर्दा स्वरुप नै परिवर्तन आएको छ।

पहिले अव्यवस्थित शौचालय भएकोमा अब भने नयाँ निर्माण भवनसँगै शौचालयसमेत निर्माण भएका कारण सरसफाइ पनि त्यत्तिकै देखिने गरेको छ। खानेपानीको सुविधासमेत यसअघि नै पुगिसकेको छ। उनले यसबाट सर्वसाधारणले सुरक्षित आवासमा बस्न पाएको र अब बाँकी घरधुरीको घर निर्माणका लागि कार्यक्रमसँग पहल भइरहेको बताए।

कार्यक्रमबाट नयाँ घर निर्माण गरेर सरेका दानसिंह रावलले माटोको छाना छाएको घरमा बस्नुुपर्ने बाध्यताबाट छुट्कारा मिलेको बताए। यसबाट उनले बर्खायाममा पानी पर्दा घर चुहिने समस्या र हिउँदमा माटोले छापेको घरमा जमेको हिउँ फाल्ने कार्यबाट मुक्ति मिलेको बताए। सात महिनामा उनले दुुई तले ६ कोठे जस्तापाता छाएको घर शौचालय निर्माण गरेर सरेका हुन्।

चैत १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्