रवि, रमेश र स्वर्णिमले शनिबार पत्रकार सम्मेलन गर्ने

काठमाडौँ- आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका तीनै उम्मेदवारले शनिबार पत्रकार सम्मेलन गर्ने भएका छन्।

चितवन २ बाट चुनावी मैदानमा उत्रिएका पार्टी सभापति रवि लामिछाने, बारा २ बाट मैदानमा उत्रिएका रमेश खरेल र तनहुँ २ बाट प्रतिष्पर्धा तयारीमा रहेका डा. स्वर्णिम वाग्लले शनिबार रास्विा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएका हुन्।

पार्टी सभापति लामिछानेले शुक्रबार यसबारे जानकारी गराएका हुन्।

डा. वाग्लेले बिहीबार कांग्रेस त्यागी रास्वपाबाट चुनावी मैदानमा उत्रने निर्णय गरेका थिए।

चैत १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्