रवि, स्वर्णिम र रमेशले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ- आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका तीनै उम्मेदवारले शनिबार पत्रकार सम्मेलन गर्दैछन्।
चितवन- २ बाट चुनावी मैदानमा उत्रिएका पार्टी सभापति रवि लामिछाने, बारा २ बाट मैदानमा उत्रिएका रमेश खरेल र तनहुँ २ बाट प्रतिष्पर्धाको तयारीमा रहेका डा. स्वर्णिम वाग्लले आज अपरान्ह ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।
पार्टी सभापति लामिछानेले शुक्रबार यसबारे जानकारी गराएका थिए।
डा.वाग्लेले बिहीबार कांग्रेस त्यागी रास्वपाबाट चुनावी मैदानमा उत्रने निर्णय गरेका थिए।