एमालेको आयोजनामा निःशुल्क छाला रोग परीक्षण

नेपालगञ्ज – नेकपा एमाले, बाँकेले नेपालगञ्जका दुई वटा वडामा निःशुल्क छाला रोग परीक्षण स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
पार्टीले सञ्चालन गरेको ग्रासरुट अभियानको क्रममा नेपालगञ्जको वडा नं २१ र २३ मा निशुल्क छाला रोग परीक्षण स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

नेपालगञ्जको पिछाडिएको वडा मानिने वडा नं २३ को जंगलीसिंहपुरुवास्थित नेराप्राविमा शिविर सञ्चालन गरिएको थियो। शिविरको एमालेका नेता बाबुराम गौतम, जिल्ला अध्यक्ष किस्मत कक्षपति, उक्त वडाका ग्रासरुट अभियानका संयोजक खिलप्रसाद भुसालले उद्घाटन गरे।

शिविरमा भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत छाला रोगका डा। अनिसा उप्रेतीको टीम खटिएको थियो। एमालेसम्बद्ध राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो।

जनतासँग प्रत्यक्ष जोडिने गरी थालिएको ग्रासरुट अभियानका क्रममा जनताको स्वास्थ्य समस्या समाधानका लागि सानो प्रयास गरेको जिल्ला अध्यक्ष कक्षपतिले बताए।

चैत १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्