आइपिएल: कोलकातालाई हराउँदै पञ्जावको विजयी सुरुवात

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) को १६ औ संस्करणमा पञ्जावले विजयी सुरुवात गरेको छ। शनिबार भएको आफ्नो पहिलो खेलमा पञ्जाव किंग्सले कोलकता नाइट राइडर्सलाई डिएलएस मेथडको आधारमा ७ रनले पराजित गरेको हो।

वर्षाले प्रभावित खेलमा पञ्जावले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ ओभरको समाप्तीमा ७ विकेट गुमाएर १४६ रन जोड्दा वर्षा भएपछि खेल रोकिएको थियो। त्यसपछि डिएलएस मेथडका आधारमा १५४ रनको नयाँ लक्ष्य निर्धारण भएपछि ७ रनले कोलकाता पराजित भएको हो।

मोहालीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो। उसका लागि भानुका राजापाक्षले ५० रन बनाउँदा कप्तान शिखर धवनले ४० तथा साम कुरान २६ रनमा अविजित रहे। त्यस्तै प्रभसिम्रन सिंहले २३ रन बनाउँदा जितेश शर्माले २१ रन बनाए। त्यस्तै शाहरुख खानले ११ रन बनाएका थिए। कोलकाताका लागि टिम साउदीले २ विकेट लिंदा उमेश यादव, सुनिल नारेन र वरुण चक्रवर्थीले समान १-१ विकेट लिएका थिए।

१९२ रनको लक्ष्य लिएर मैदान उत्रिएको कोलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक ३५ रन बनाएँदा कप्तान नितिश रानाले २४ तथा वेन्काटेस अयरले ३४ रन बनाएका थिए। पञ्जावका लागि अर्सदीप सिंहले ३ विकेट लिंदा साम कुरान, नाथन एलिस तथा सिकन्दर रजाले समान १-१ विकेट लिएका थिए।

चैत १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्