आर्सनललाई शीर्ष स्थानमा पुन ८ अङ्कको अग्रता

गाव्रियल जेससले अक्टोबर पछि गोल गरेको खेलमा आर्सनलले लिड्स युनाइटेडमाथि ४-१ को सहज जित निकाल्दै शीर्ष स्थानमा पुन ८ अङ्कको अग्रता बनाएको छ।
दोस्रो स्थानको म्यानचेस्टर सिटीले घरेलु मैदानमा लिभरपुल विरुद्ध सहज जित दर्ता गर्दै अङ्क घटाएको केहि घण्टामानै पुन आर्सनलले आफ्नो प्रभावसाली अग्रता कायमै राखेको हो।
खेलमा जेससले ३५ औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमानै अग्रता दोब्बर बनायो। उसका लागि बेन ह्वाइटले गोल गरेका थिए।
त्यसपछि पनि आर्सनलले लिड्स माथिको दबाब कायम राख्यो। जेससले ट्रोसार्डको पासलाई ५५ औ मिनेटमा सदुपयोग गर्दै ब्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरे। ७६ औ मिनेटमा लिड्सले रसमुस क्रिश्टेनसेनको गोलमार्फत खेलमा एक गोल फर्काएको थियो। तर ८४ औ मिनेटमा ग्रेनिट जाकाले गोल गर्दै आर्सनलाई ४-१ को सहज जित दिलाए।
जितसँगै आर्सनलको २९ खेलबाट ७२ अङ्क भएको छ। त्यस्तै पराजित लिड्स २६ अङ्कका साथ १६ औ स्थानमा झरेको छ।
शनिबारनै भएका अन्य खेलमा बोर्नेमाउथले फुलह्यामलाई २-१ ले पराजित गर्दै तत्काललाई रेलिगेशन जोन छोडेको छ। त्यस्तै ब्राइटन र ब्रेन्टफोर्डले ३-३ गोलको बराबरी खेल्दा क्रिश्टल प्यालेसले लेस्टरलाई २-१ ले पराजित गर्यो। त्यस्तै नोटम फरेस्टले वल्भेससँग १-१ गोलको बराबरी खेल्यो।