मेन्छियामको आइपीओ बाँडफाँट, यस्तो छ नतिजा हेर्ने तरिका

सांकेतिक तस्बिर।

काठमाडौँ – मेन्छियाम हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट भएको छ। कम्पनीले आज वैशाख १३ गते आइपीओ ‍बाँडफाँट गरेको हो।

यसमा ९५ हजार ४११ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर पाएका छन्। जसमध्ये ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।

यो आइपीओमा कुल १२ लाख ४४ हजार ३८५ जना आवेदकले आवेदन दिएकामा ६५ हजार ६४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ।

कम्पनीले वैशाख ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणलाई सेयर बिक्री गरेको हो। रेटिङ एजेन्सी केयर नेपालले मेन्छियाम हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ।

आइपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट र मेन्छियाम हाइड्रोपावरको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन्।

साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ। नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ।

बैशाख १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्