नेपाल टेलिकमको ‘फोर जी’ सेवा बरगाउँमा सञ्चालन

सिमकोट – नेपाल टेलिकमले सिमकोट गाउँपालिका–३ को बरगाउँमा स्थापना भएको फोर जी टावर सञ्चालनमा आएको छ। टावरका लागि आवश्यक पर्ने उपकरण जडान गरिएपछि बिहीबार बेलुुकाबाट फोर जी सेवा सञ्चालनमा आएको हो।

नेपाल टेलिकम हुम्लाकी प्रमुख रिजिआङ्मुु लामा लामो समयदेखि बरगाउँमा टुु जी सेवा सञ्चालन भए पनि फोर जी सेवा बल्ल सञ्चालनमा आएको बताइन्।

एक वर्ष अगाडि नै वरगाउँ क्षेत्रमा बरगाउँ सेवा सञ्चालन हुने भनिए पनि उपकरण आउन ढिलाइ भएको कारण अहिले आएर सो सेवा सञ्चालनमा आएको हो।

फोर जी सेवाका लागि आवश्यक उपकरण जिल्लामा आएसंगै प्राबिधिक टोली टावर भएको स्थानमा गएर जडान गर्ने कार्य पुरा गरे लगत्तै सेवा सञ्चालनमा आएको हो। अब वरगाउँ, तोर्पा, लिमाटाङ, ठेहे, दोजाम, बैजिबाडा, कुम्लिक र ग्याग्रुु सिमकोट गाउँपालिकाका क्षेत्रमा इन्टरनेट सेवा सुचारु भएको छ भने खार्पुनाथ गाउँपालिका– ४ र ५ को बस्तीमा पनि यो सेवा उपलब्ध हुनेछ।

बरगाउँको इन्टरनेट सेवा सुचारु भएपछि अब ती क्षेत्रका स्थानीयलाई स्वास्थ्य चौकी र वडामा जडान गरिएको वल्र्डलिंकको इन्टर नेट सेवा नभएर इन्टर नेटको पहुँचमा सहज भएको छ।

यसबाट १५ सयभन्दा बढी घरधुरी प्रत्यक्ष लभान्वित हुने विश्वास गरिएको छ। नयाँ जडान गरिएको कारण इन्टरनेटको गति पनि उच्च रहेको सेवाग्राहीले बताएका छन्।

बैशाख १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्