पूर्वराजपरिवार बागेश्वरी मन्दिरको महाआरतीमा सहभागी

नेपालगञ्ज – पूर्वराजपरिवारका सदस्य नेपालगञ्जको बागेश्वरी मन्दिरमा भएको महाआरतीमा सहभागी भएका छन्। महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, हिमानी, प्रेरणा सहभागी भएका हुन्।

नेपालगञ्जको बागेश्वरी मन्दिरमा हरेक सोमबार महाआरती हुने गरेको छ। यो सोमबार १४ औं संस्करण हो। महाआरतीमा पूर्वराजासहित परिवारका सदस्य आउदा ठूलो भीड लागेको थियो।

पूर्वराजपरिवारका सदस्य बागेश्वरी मन्दिरमा केहीबेर पूजा गरेपछि महाआरतीमा सहभागी भएका थिए। पूर्वराजालाई राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद डा। धवलशमशेर राणा, बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीलगायतले स्वागत गरेका थिए।


शुक्रबार नेपालगञ्ज आएका पूर्वराजा शाहलाई २० गते नेपालगञ्जमा नागरिक अभिनन्दन गर्ने तयारी भएको छ। एक महिना नेपालगञ्ज बस्ने कार्यतालिका बनाएका पूर्वराजाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्दै छन्।

बैशाख १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्