भारतमा हुन लागेको निर्वाचनका कारण ‍नेपालगञ्ज नाका ४८ घण्टा बन्द

फाइल तस्बिर।

नेपालगञ्ज – भारतकाे सीमावर्ती दुई जिल्लामा हुन थालेकाे स्थानीय निर्वाचनले गर्दा ४८ घण्टा नेपालगञ्ज नाका बन्द हुने भएकाे छ।

उत्तर प्रदेशकाे श्रावस्ती र बहराइच जिल्लामा २१ गते हुन थालेकाे नगर निकाय निर्वाचनले गर्दा आज १९ गते सांझ ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म नेपालगञ्ज नाका सील हुने बांकेका सहायक प्रमुख जिल्ला अधिकारी टाेपेन्द्र केसीले जानकारी दिए।

सहायक प्रजिअ केसीका अनुसार, हरियाे तरकारी, माछा, दूध, पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शव बाहानबाहेक अन्य आवतजावत बन्द गरिएकाे छ।

चुनावकाे बेलामा अपराधिक गतिविधि हुन सक्ने भन्दै सीमावर्ती जिल्लाका अधिकारीले नेपाल र भारतमा चुनाव हुँदा नाका बन्द गर्ने गरेका छन्।

बैशाख १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्