लुम्बिनीका मुख्यमन्त्री चाैधरीले मागे विश्वकाे मत, प्रतिपक्षसँग पनि सहकार्य गर्ने प्रतिबद्धता

फाइल तस्बिर

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासकाे मत मागेका छन्।

लुम्बिनी प्रदेश सभाकाे पहिलो अधिवेसकाे दशाैँ बैठकमा मुख्यमन्त्री चाैधरीले नेपालकाे संविधानकाे धारा १६८ काे उपधारा ४ बमाेजिम प्रदेश सभामा विश्वासकाे मत मागेका हुन्।

सम्बाेधनका क्रममा उनले प्रदेशका नागरिककाे जीवनस्तर सुधारगर्न आर्थिक समृद्धिकाे लागि प्रतिपक्षसँग पनि सहकार्य गरिने बताएका हुन्।’ यहीँ संसदबाट आशा र विश्वास दिलाउनेगरी काम गर्नुपर्ने छ।’उनले भने,’केन्द्र सरकार संघ अधिकार प्राप्तिकाे लागि हामी सबैसँगै हिँड्नुपर्ने छ। सँगै हिँड्ने वातावरण निर्माण गर्छुँ।’

मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत लिन थालेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संविधानमा उल्लेख छ। मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि बल्ल सरकारले पूर्णता पाउने छ।

अहिलेको मन्त्रीपरिषद्मा सहभागी मन्त्रीले जिम्मेवारी पाएका छैनन्। विश्वासको मत पाएलगत्तै मन्त्रीहरूको जिम्मेवारी समेत तोकिने छ। नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रीक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, नागरिक उन्मुक्ती पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन्।

बैशाख १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्