लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित

दाङ – लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाकाे लागि स्थगित भएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले विश्वासकाे मत लिने कार्यसूचि रहेको बैठक आधा घण्टाका लागि स्थगित भएको हो।

तर, प्रदेश सभा बैठकमा मुख्यमन्त्री र मन्त्री नियुक्त गरेकाे विवरण पढेर नसुनाएकाे भन्दै एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चाैधरीले संसदिय अभ्यास विपरीत भएको भन्दै संसद् बैठक स्थगित गरेर सरकार गठनकाे पत्र सुनाउन माग गरेका थिए।

‘याे सदनलाई जानकारी हुनुपर्ने थियाे, प्रदेश प्रमुखले नियुक्त गरेकाे पत्र सुनाउनुपर्ने थियाे’ प्रमुख सचेतक चाैधरीले भने,’पत्र नआउदासम्म सदन स्थगन गराैँ।’ प्रदेश प्रमुखले मुख्यमन्त्री र मन्त्री नियुक्त गरेकाे बारे सदनलाई पत्र काटेर जानकारी गराउने परम्परा थियाे। तर, पहिलो अधिवेसनकाे दसौँ बैठकमा सरकार गठन बारे जानकारी गराइएन।

प्रमुख प्रतिपक्ष दलले कुरा उठाएपछि सभामुख तुलाराम घर्ती मगरले विपक्ष दलकाे आग्रह अनुसार आधा घण्टा संसद् स्थगित भएको जानकारी गराएका थिए।

बैशाख १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्