लुम्बिनी प्रदेशसभामा सरकार गठनको पत्र पढेर सुनाइयो

फाइल तस्बिर।

दाङ – लुम्बिनी प्रदेशसभाको बैठक फेरि सुरू भएको छ। आधा घण्टा स्थगित भएको बैठक फेरि सुरु भएको हो।

सरकार गठन बारे सदनमा जानकारी नगराएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले ध्यानाकर्षण गराएपछि सभामुख तुलाराम घर्ती मगरले आधा घण्टा संसद बैठक स्थगित गरेका थिए।

आधा घण्टापछि सुरू भएको बैठकमा सभामुख घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाए। आजको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने कार्यसूची छ। मतविभाजन मार्फत् विश्वासको मत संकलन थालिएको छ।

 

बैशाख १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्