उपचार गर्न भारतको गुजरात गएका तीनसहित सात जनालाई कोरोना

नेपालगञ्ज- उपचार गर्न भारतको गुजरात गएका तीनसहित सात जनालाई कोरोना देखिएको छ। बाँके खजुराका तीन जना उपचार गर्न गुजरात गएका थिए। घर फर्किँदा उनीहरूमा कोरोना देखिएको हाे।

भारतबाट फर्किएका सल्यानका दुई जना, बर्दिया र जुम्लाका एकरएक जनालाई पनि कोरोना देखिएको छ।

भारतको विभिन्न ठाउँमा मौसमी काम वा उपचार गर्न गएका नेपालीलाई फर्किँदा कोरोना देखिएको हो। भारतबाट फर्किने नेपालीको नेपालगञ्जको नाकामा कोरोना, मलेरिया र टीबी जाँच हुने गर्छ।

बैशाख २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्