१ सय ५५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

धनगढी – धनगढी उपमहानगरपालिकाका दुईवटा विद्यालयका १ सय ५५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।
बुद्धिष्ट फाउण्डेसनको सहयोग र यार्ड नामक संस्थाको आयोजनामा छात्रवृत्ति प्रदान गरिएको हो।
छात्रवृत्ति प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले कार्यक्रमबीच विद्यार्थीलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा पूर्वाधार विकासमन्त्री देउवाले गरिब, जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिएर राम्रो काम गरेको बताए।
उनले सहयोगी संस्थालाई धन्यवाद दिँदै शिक्षामा लगानी गरे मात्र देशको उन्नति हुने उल्लेख गरे। उनले संघसंस्थासँगै तीनै तहका सरकारले शिक्षामा लगानी बढाउनुपर्ने बताए।