हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौँ – संवैधानिक परिषद्ले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ।

सोमबार सिंहदरबारमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको परिषद्का पदेन समस्य रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

संवैधानिक परिषद् सम्बन्धी ऐन अपूर्ण रहेकै अवस्थामा परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेको हो।

आउँदो साउन १९ गतेदेखि उमेर हदका कारण कार्की अवकास पाउँदैछन्। गत मंसिर २८ गतेदेखि नै कार्की प्रधानन्यायाधीश हुन योग्य भए पनि संसदीय सुनुवाइ समितिको अभाव र राजनीतिक खिचातानीका कारण सिफारिस हुन सकेको थिएन।

परिषद्को बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए।

बैशाख २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्