दुुई वटा विद्यालयमा साझेदरीबाट दिवा खाजा खुवाउन सुुरु

सिमकोट – दिवा खाजा कार्यक्रमका लागि विद्यालयमा आउने बजेटबाट विद्यार्थीलाई नगदै वितरण गर्दै आएकोमा यस वर्षबाट साझेदारीमा विद्यार्थीलाई खाजा खुवाउन थालिएको छ। नेपाल सरकारबाट दिवा खाजाका लागि विद्यालयमा आउने बजेटमा आधार विकास नेपालले साझेदारीमा लगानी गरेपछि खाजा खुवाउन सुुरु गरिएको हो।

सिमकोट गाउँपालिका–८ को बलभद्र आधारभूत विद्यालयकी प्रधानाध्याक प्रेमकला बुढाले यस शैक्षिक सत्रबाट खाजा खुवाउने कार्य सुुरु भएको बताइन्। खाजाका लागि विनियोजित बजेटबाट खाजा खुवाउन नसकिने भएपछि सो विद्यालयले यसअघि विद्यार्थीलाई वर्षको एक पटक नगद हातमा बुुझाउँदै आएको थियो।

सरकारबाट आउने खाजाको रकम कम हुने भएकामा यस वर्षबाट विद्यालयमा लागू भएको आधार विकास नेपालले सरकारबाट खाजाका लागि आउने बजेट थप गरेपछि खाजा खुवाउन सकिने भएकाले विद्यालयमा खाजा पकाएर खुवाउन थालिएको हो।

सरकारले प्रतिविद्यार्थी २० रुपैयाँ उपलब्ध गराउँदै आएको छ भने अब आधार विकासले पनि बालविकासदेखि कक्षा ६ सम्मलाई त्यति नै बजेट विद्यालयलाई उपलब्ध गराउन सुुरु गएको हो।

कक्षा ६ सम्म पठनपाठन हुने सो विद्यालयमा १७० जना विद्यार्थी छन्। त्यसैगरी, सोही वडाको सैपाल हिमाल माविमा पनि यस शैक्षिक सत्रबाट खाजा खुवाउने कार्य सुुरु भएको छ। आधार विकास हुम्लाका शिक्षा अधिकृत कन्जोक लामाले कक्षा ६ सम्म मात्र सरकारबाट खाजाको बजेट आउने भए पनि कक्षा सातदेखि दशसम्मका विद्यार्थीका लागि आधारले प्रतिविद्यार्थी ४० रुपैयाँ लगानी गरेर विद्यालयका सबै विद्यार्थीलाई खाजा खुवाउन सुरु गरिएको जानकारी दिए।

अब दुुई विद्यालयका शिक्षक तथा कर्मचारीले पनि खाजा खाना पाउनेछन्। सैपाल माविमा ३८० जना विद्यार्थी छन्। विद्यार्थीलाई जंक फुडभन्दा पनि स्थानीय स्तरमा पाइने रैथाने बालीको परिकार बनाएर खाजा खुवाउने कार्य भएको हो। खाजा पकाउने सहयोगी कर्मचारीको समेत दुुवै विद्यालयमा व्यवस्था गरिएको छ।

दुुई वटा विद्यालयमा नमुना परीक्षण गरिएको र यो कार्यक्रम सफल भए आधार विकास कार्यक्रम लागू भएका विद्यालयमा पनि खाजा खुवाउने कार्यक्रम सुुरु गरिनेछ। माविमा खाजा कार्यक्रम सरकारको नभए पनि एउटै विद्यालयमा कसैलाई खाजा खुवाउने र कसैलाई नखुुवाउने गर्दा त्यसबाट विद्यार्थीमा मानसिक असर पर्ने अनुमान गरेर यो कार्यक्रम आधारले लागू गरेको हो।

बैशाख २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्