टिम संकटमा परेको बेला डगआउट बाट हेर्दा पिडा हुन्छः कप्तान रोहित (भिडियो)

आफ्नो कप्तानीमा रोहितले अनेकन आरोह अवरोहको सामना गरेका छन्। कलिलै उमेरमा राष्ट्रिय टिमको कप्तानी समालेका रोहित अहिले परिपक्क सुनिन्छन्।
उनको कप्तानीमा नेपाली क्रिकेटले निरन्तर सफलता हासिल गरीरहँदा उनलाई भने सिंगो टिमको मिहिनेतले सफलता हात पारेको विश्वास हुन्छ। रोहितलाई आफू क्रिजमा हुँदा जस्तोसुकै अवस्थाको सामना गर्न सक्छु जस्तो लाग्छ।
तर जब उनी डगआउट पुग्छन्। त्यसपछि भने उनलाई बैचैनीले सताउँछ। अझ टिम संकटमा पुगेको बेला उनलाई मनथामेर खेल हेर्न पनि मुस्किल पर्छ। तर खेलकुदमा सबै कुरा स्विकार्नु पर्ने कप्तान पौडेल बताउँछन्। कप्तान पौडेले सँग क्रिकेटका केहि अनुभव र उनका मनपर्ने कुराबारे गरेको छोटो कुराकानीको अंस यो भिडियोमा…