आफ्नो जन्म ठाउँमा एउटा रङ्गशाला बन्दिए हुन्थ्यो भन्ने लाग्छ: ललित (भिडियो)

ललित राजवंशी नेपाली क्रिकेटका लागि पछिल्लो समय सम्झनलायक नाम बनेको छ। उनी पूर्वि विराटनगरबाट राष्ट्रिय टिममा खेल्दै गर्दा आफ्नो घरेलु भुमिको क्रिकेट संरचनाका बारेमा चिन्तित छन्।

ललितलाई लाग्छ आफ्नो पुस्तालेनै अन्तराष्ट्रिय स्तरका ठूला रङ्गशालामा अन्तराष्ट्रिय खेल खेल्न पाउने। विराटनगरका गल्लीगल्लिमा क्रिकेट खेलेर राष्ट्रिय पहिचान बनाएका ललित अब विराटनगरमा पनि एउटा रंङ्गशाला बन्दिए हुन्थ्यो भन्ने सोच्छन्।

पछिल्लो समय बढ्दो क्रिकेट सफलताले उनी विराटनगरमा आफ्नै मैदानमा खेल्ने सपना पुरा हुने विश्वास ब्यक्त गर्छन्। साथै आगामी पुस्तालाई क्रिकेटप्रति लगाव राख्न र क्रिकेट खेल्नका लागि प्रोत्साहित गर्छन्। ललितको क्रिकेट खेल जिवन र व्यक्तिगत जिवनका विषयमा गरेको छोटो कुराकानीको अंश

बैशाख २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्