एक कुशल अलराउन्डरका रुपमा आफूलाई स्थापित गर्ने लक्ष्य छ: गुल्सन (भिडियो)

गुल्सनलाई क्रिकेटर बनाउने लक्ष्य उनी भन्दा पहिला उनको परिवारको थियो। त्यहि भएर उनका बुबाले उनलाई सानैमा भारत लगेर क्रिकेट एकेडेमिमा राखे।

कलिलैमा ब्याट र बलको संगत पाएका गुल्सनले त्यसलाई न्यायपनि उतिनै गरे। बाल्यकालको सिप र कलालाई उनले नेपाल फर्किएपछि झनै निखारता ल्याए। परिणामत उनले कलिलै उमेरमा राष्ट्रिय टिमको जिम्मेवारी पाए।

अहिले उनले नेपाललाई अर्को चरणमा पुर्याउन महत्वपूर्ण योगदान दिएका छन्। उनी आफ्नो सफलताको पछाडी टिमका सदस्यहरुको सहयोग र प्रशिक्षकले दिएको जिम्मेवारीलाई कारण मान्छन।

तुलनात्मक रुपमा कम बोल्ने गुल्सन जिवनमा आफूलाई अलराउन्डरको रुपमा स्थापित गर्ने महत्वकांक्षा बोकेर अघि बढीरहेका छन्। नेपाली राष्ट्रिय टिमका यिनै अलराउन्डर गुल्सन सँग उनको जिवन, क्रिकेट र समसामयिक विषयमा गरिएको छोटो कुराकानी

बैशाख २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्