नक्कली शरणार्थी प्रकरण

शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव प्रेम राईलाई २ करोड ३० लाख रुपैयाँ बुझाएको बयान

शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव प्रेम राईलाई २ करोड ३० लाख रुपैयाँ बुझाएको बयान
+
-

काठमाडौँ – तत्कालीन गृहसचिव एवं हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्षमा रुपमा मुछिएका छन्।

नक्कली शरणार्थी प्रकरणमा मुछिएर हाल अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका सानु भण्डारी, केशव दुलाललगायले बयानमा तत्कालीन गृहसचिव राईले आफूसँग नगद बुझेको दाबी गरेका छन्।

उनीहरुले आफूहरुले राईको गाडीको डिक्कीमा दुई करोड ३० लाख रुपैयाँ राखिदिएको बयान दिएका हुन्। राईले आफ्नो गाडीमा पैसा राखिदिन भन्दै थप कुरा तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राईसँग गर्न भनेको समातिएकाकाे दाबी छ।

उनीहरुले प्रहरी समक्ष दिएको बयान उद्धृत गर्दै स्रोतले देश सञ्चारसँग भन्यो, ‘उहाँको कार्यकक्षमा गएर कुराकानी गरेको र उनकै निर्देशनमा गाडीको डिक्कीमा दुई करोड ३० लाख रुपैयाँ राखिदिएका हौँ।’

गृह मन्त्रालयले राई गृहसचिव भएकै बेला २०७६ साल जेठमा तेस्रो देश जान बाँकी रहेका भुटानी शरणार्थीको पहिचान गर्न पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो।

उनी २०७४ चैत २६ देखि ७६ माघ २० सम्म गृहसचिव रहेका थिए। उक्त कार्यदल नै नक्कली भुटानी शरणार्थी बनाउने गिरोहको योजनाका भएको तथ्य सार्वजनिक भइरहेका बेला पक्राउ परेका उनीहरुले राईलाई मन्त्रालय नै पुगेर नगद बुझाएको बयान दिएका हुन्।

समातिएकाहरुकाे बयानका आधारमा पूर्वगृहन्त्री बालकृष्ण खाँण र राष्ट्रपति कार्यालयका सचिव टेकनाराण पाण्डेलाई पक्राउ गरेर अनुसन्धानमा राखेको छ। हालसम्म खाँण, पाण्डे, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित यो प्रकरणमा १४ जना पक्राउ परिसकेका छन्।

स्रोतका अनुसार बयानमा  पैसा उठाएको ८० जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नसकेपछि फिर्ता गरेको बताएका छन्।  रकम फिर्ता गरे पनि माथिल्लो तहमा बुझाएको रकम भने फिर्ता नपाएको बयानमा उल्लेख गरेका छन्।

शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग पुग्ने गरी प्रहरी समक्ष एमाले नेता डा. अजयक्रान्ति शाक्यलाई समेत पैसा दिएको भनेका छन्।

मानव सेवा आश्रमका लागि सहयोग स्वरुप दुई करोड ३० लाख रुपैयाँ बुझाएको उल्लेख गरेका छन्। उक्त आश्रमसँग उच्च राजनीतिक नेतृत्वको पारिवारिक सदस्य जोडिएका छन्।

बयानमा आफूले कांग्रेस नेतृ आरजु राणासँग भने कुरा नगरेको बताएका छन्। स्रोतका अनुसार प्रहरीले राणासँगको सम्बन्धबारे राखेको जिज्ञासामा भनेका छन्, ‘हामीले आरजुसँग कुनै डिल गरेका छैनौँ।’

यो पनि पढ्नुहोस्

भुटानी शरणार्थी प्रकरणमा तानिए अख्तियारका प्रमुख आयुक्त प्रेम राई पनि

भुटानी शरणार्थी प्रकरणमा तानिए अख्तियारका प्रमुख आयुक्त प्रेम राई पनि

शरणार्थी प्रकरण: दुलाल र भण्डारीको कतार राजदूतावासका कर्मचारीसँग बाक्लो सम्पर्क

शरणार्थी प्रकरण: दुलाल र भण्डारीको कतार राजदूतावासका कर्मचारीसँग बाक्लो सम्पर्क

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष