जेठ ६ गते धनगढीमा पूर्वराजा शाहलाई नागरिक अभिनन्दन

धनगढी – पूर्वराजा ज्ञानेन्द्र शाहलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ।

शाहलाई यही जेठ ६ गते यहाँ नागरिक अभिनन्दन गरिने अभिनन्दन मूल समारोह समितिको सचिवालयले आज धनगढीमा पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो।

पूर्वराजा शाहको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोका बिच नागरिक अभिनन्द गरिने समारोहका मूल समिति संयाेजक जयन्त चन्दले बताए।

नागरिक अभिनन्दनका लागि जेठ पाँच गते पूर्वराजपरिवार धनगढी पुग्ने कार्यक्रम रहेकाे छ। पूर्व युवराज पारस शाह बाहेक राजपरिवारका सबै सदस्य धनगढी आउने कार्यक्रम तय भएको समाराेहका संचार संयाेजक जोशीले पत्रकार सम्मेलनमा जानकारी दिए।

जेठ ६ गते सुदूरपश्चिमका हजारौँ मानिस पूर्व राजाको अभिनन्दन समारोहमा उपस्थित हुने उनकाे दाबी छ।
समाराेहमा कैलाली कञ्चनपुर लगायत सुदूरपश्चिम प्रदेशका नाै वटै जिल्लाका नागरिककाे सहभागिता रहने बताइएकाे छ।

जेठ ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्