पूर्वराजा शाह धनगढी आउने कार्यक्रम स्थगित

फाइल फोटो।

धनगढी – पूर्वराजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम स्थगित भएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ।

मूल समारोह समितिका संयोजक जयन्त चन्दले सुरक्षाको कारण पूर्व राजपरिवारको सुदूरपश्चिम आउने कार्यक्रम स्थगित भएको बताएका छन्।

यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो।

नागरिक उन्मुक्तिको आन्दोलनका कारण भ्रमण रद्द भएको अनुमान गरिएको छ। आयोजकले भने सुरक्षाको कारण देखाएर शनिबारबाट हुने सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको छ।

जेठ ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्