बुद्ध एयरको जहाजमा देखिएको मुसा भेटियो

फाइल तस्बिर

काठमाडौँ – शनिबार जनकपुरमा ‘मुसा’ देखिएपछि ग्राउण्डेड भएको बुद्ध एयरको जहाजमा मुसा फेला परेको छ।

जहाजमा मुसा रहेको देखेपछि यात्रुले टिकट रद्द गरेका थिए। उक्त समाचार सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो। शनिबार नाइनएन–एजेएलमा मुसा देखापरेको थियो। चेकजाँचका क्रममा मुसा फेला नपरेका कारण जहाज जनकपुरमै रोकिएको थियो।

बुद्ध एयरले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै मुसा फेला परेको जनाएको छ।

‘हिजो जनकपुरमा मुसा देखिएपछि, रोकिएका जहाज आज बिहान ट्र्यापमा मुसा भेट्टिएको तथा जहाजलाई सम्पूर्ण चेकजाँच गरी २–३ घण्टासम्म रनअप लिइ थप सजगता अपनाइएको थियो। आज दिउँसो प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौँ ल्याएको छ। जहाजलाई थप निरीक्षण गरी आज दिउँसोबाट पुनः व्यवसायिक उडान थालिने छ,’ बुद्ध एयरले भनेको छ।

बुद्ध एयरले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन अनुरोधसमेत गरेको छ।

जेठ ७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्