जैन इन्टरनेसनल ट्रेडको अध्यक्षमा उद्योगपति कमल

काठमाडौँ – जैन इन्टरनेशनल ट्रेड अर्गनाइजेसन नेपाल(जितो फाउन्डेशन)को अध्यक्ष पदमा उद्योगपति कमल बेगानी नियुक्त भएका छन्। अर्गनाइजेसनको तेस्रो साधारण सभाबाट उनी अध्यक्ष पदमा नियुक्त भएका हुन्। उनको कार्यकाल २ वर्ष रहनेछ। उनी नेपालको प्रतिष्ठित व्यापारिक घराना बेगानी ग्रुपको निर्देशक छन्।

‘उच्च आर्थिक समृधि हासिल गर्ने, विपन्न वर्गको हेरचाह गर्ने र हिंसामुक्त्त गरिबीमुक्त र रोगमुक्त संसारमा मानवतालाई समृध बनाउन सक्दो योगदान गर्नेछु’ उनले भने ‘ज्ञान सेवा र आर्थिक सशक्त्तिकरणको लागि अहं योगदान पुर्‍याउनेछु ।’ जैन अन्तराष्ट्रिय व्यापार संगठन दूरदर्शी जैनहरुको एक अदितिय बहु हितधारक समूदाय रहेको उनले दाबी गरे।

११ देशमा संचालनमा रहेको उक्त्त संस्थामा विश्वभर १४ हजार व्यावसायी आवद् रहेका छन । सन् २०२० देखि नेपालमा सक्रिय रुपमा कार्य गर्दै आएको छ।

जेठ ७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्