सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलमलाई ह्याट्रिक उपाधि

काठमाडौं-भारतीय महिला लिगको उपाधि नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी आबद्द गोकुलम केरेलाले जितेको छ। उपाधि जित्ने क्रममा फाइनलमा किकस्टार्ट एफसीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै  गोकुलमले लगातार तेस्रो पटक उपाधि जितेको हो।

नेपाली टोलीकै मिडफिल्डरद्धय सरु लिम्बु र रेनुका नगरकोटी सम्मिलित किकस्टारलाई हराउँदा सावित्राले प्रतियोगिताभरी उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक गोलकर्ता बनिन्। उनले फाइनलमा पनि एक गोल गरेकी थिइन।

फाइनलमा पाँचौ मिनेटमा सावित्राको गोलमा गोकुलमले सुरुवाती अग्रता लिएको थियो। पेनाल्टी बक्सको केहि बाहिरबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो। खेलको २२ औं मिनेटमा सन्ध्या रंगनानाथको गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन्। खेलको ३५ औं मिनेटमा किकस्टारकी खेलाडीले ह्यान्ड गरेपछि गोकुलमले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई सन्ध्याले गोल गर्दै खेलमा फराकिलो अग्रता तर्फ टिमलाई अग्रसर गराएकी थिइन। पहिलो हाफमा ३-० को अग्रता बनाएको गोकुलमले दोस्रो हाफमा थप दुई गोल गरेको थियो।

खेलको ५३ औं मिनेटमा सावित्राको क्रसमा सन्ध्याले गोल गर्दै गोकुलमलाई ४-० को फराकिलो अग्रता बनायो। टिमका लागि पाँचौं गोल खेलको ८१ औं मिनेटमा रोजादेवीले गोल गर्दै गोकुलमलाई ५-० को सहज जित पक्का गराइन।

गोकुलमले यसअघि सन् २०२० र २०२२ को सिजन लगातार उपाधि जितेको थियो। २०२१ मा भने कोभिड-१९ का कारण आइडब्लुएल हुन सकेको थिएन। यो पटक च्याम्पियन बन्दा ह्याट्रिक गर्न गोकुलम सफल भयो। लिगमा सावित्रा लिगमा सर्वाधिक गोलकर्ता बनिन। उनले लिगमा २९ गोल गरेकी थिइन्।

जेठ ७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्