चेल्सीलाई हराउँदै सिटीले साँट्यो उपाधिको खुसी

इंग्लिस प्रमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आफ्नो खेल अघिनै उपाधि जितेको थियो। तर आइतबार आफ्नो उपाधि खुसी साँट्ने खेलमा पनि चेल्सीलाई १-० ले पराजित गर्न सिटी सफल रह्यो।

सिटीको जितमा जुलियन अल्भारेजले गरेको एकमात्र गोल निर्णायक बन्यो। सिटीले शनिबार नोटिङ्घम फरेस्टले आर्सनललाई पराजित गरेसँगै उपाधि जितेको थियो। जसका कारण पेप ग्वार्डिओलाले टिममा च्याम्पियन्स लिगका दौरान रियल म्याड्रिडविरुद्धको टिममा ९ परिवर्तन गरेका थिए।

उनले स्टार स्ट्राइकर अर्लिङ हालान्डलाई सुरुवातमा आराम दिएपनि उनले ७४ औँ मिनेटमा मैदानमा पठाएका थिए। सुरुवातमा हालान्डको अभावलाई जुलियन अल्भारेजले टार्दै १२ औ मिनेटमानै गोल गरेका थिए।

सिटीविरुद्ध चेल्सीले पनि गोलका केही राम्रा अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेन्। खेलको सुरुवातमानै एक गोल गरेको सिटीले त्यसपछि भने खेलमा दोस्रो हाफमा अर्को एक गोलपनि अल्भारेजलेनै गरेपनि भिएआरले उक्त गोललाई मान्यता दिएन।

जेठ ८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्