श्रीमान पक्राउ परेको १२ दिनपछि भेट्न पुगिन मञ्जु खाण

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको श्रीमान बालकृष्ण खाणलाई भेट्न मञ्जु खाण टेकुस्थित प्रहरी कार्यालय पुगेका छिन्।
पूर्वगृहमन्त्री समेत रहेका खाण पक्राउ परेको १२ दिनपछि मञ्जु श्रीमानको अवस्था बुझ्न सोमबार बिहान टेकु पुगेकी हुन्। खाणलाई वैशाख २७ गते प्रहरीलै मैजुबहालबाट पक्राउ गरेको थियो।
नक्कली शरणार्थी प्रकरणमा मञ्जु समेत मुछिएको सार्वजनिक भएपछि उनी सम्पर्कविहीन भएकी थिइन्। सांसद समेत रहेकी खाण शुक्रबार संसदमा देखा परेकी हुन्।
बालकृष्णसहित १६ जनामाथि अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ।