फोटो फिचर

सामाजिक सञ्जालमा आफूहरुको बदनाम गरिएको भन्दै नर्सहरु आन्दोलित (तस्बिरहरु)

काठमाडौँ – आफूहरूको पेशामा दाग लाग्ने गरी मिडियामा बोलेको भन्दै स्वतन्त्र नर्सहरू सामूहिक रूपमा आन्दोलनमा उत्रिएका छन्।

संयुक्त आयोजनमा चितवन क्यान्सर हस्पिटलमा भएको घटनालाई लिएर नर्सिङ पेसाको मान्छेहरूलाई टिकटकमा नराम्रो भनेको र मिडियामा भाइरल हुन प्रोफेसनमा लाग्ने दाग लाग्ने कुरा गरेको भन्दै यसको विरोधमा नर्सहरू आन्दोलनमा उत्रिएका हुन्।

‘नर्सिङ क्षेत्रमा सुरक्षाको प्रत्याभूति गराइयोस्’, ‘व्यक्ति गलत होला तर नर्सिङ पेसा गलत छैन’ भन्दै उनीहरूले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म विरोध र्‍याली निकालेका हुन्।

उनीहरूले ‘कसैको चरीत्र हत्या गर्न पाइँदैन, टिकटकरहरूको कुरा सबैले सुन्ने नर्सहरूको कुरा कसैले नसुन्ने?’, ‘रेस्पेक्ट फर नर्स’, ‘नर्सहरूमाथि दमन कहिलेसम्म?’, ‘राज्यबाट सुनुवाइ चाँडै होस्’, ‘नर्स र बिरामीको रेसिओ मिलाइयोस्’, ‘नर्स माथिको अत्याचार बन्द गरौँ’ लगायतका नारा लगाएका थिए।

तस्बिरहरू: