देउखुरी क्याम्पसका पूर्वप्रमुख गौतम जबर्जस्ती करणी आरोपमा पक्राउ

दाङ – देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्व क्याम्पस प्रमुख शेषमणि गौतमलाई जबर्जस्ती करणी आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार दिउँसो आफ्नै घरमा एक किशोरीलाई करणी गरेको अभियोगमा प्रहरीले गौतमलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए।

‘किशोरीको उजुरीका आधारमा घरबाटै नियन्त्रणमा लिएका हौँ,’ डिएसपी गौतमले भने,’वडा प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान हुन्छ।’

जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ। देउखुरीस्थित एक प्राविधिक क्याम्पसमा अध्ययनरत छात्रालाई जागिर लगाइदिने प्रलोभनमा घरम बोलाएको र करणी गरेको उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।

जेठ ८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्