नारायणगढ–मुग्लिन सडकमा सुख्खा पहिरो, सवारी आवागमन अवरुद्ध

फाइल तस्बिर

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपािलका–६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो। सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ।

जेठ ८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्