काठमाडौँ – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपको औपचारिक उद्घाटन गरिएको छ।

प्रधान्मन्त्री पुष्पकमल दाहालले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरेका हुन्।

प्रतियोगिता आयोजक नेपालसहित ८ राष्ट्रको सहभागिता रहेको छ। प्रतियोगितामा नेपाल अघिल्ला दुई संस्करणमा च्याम्पियन बनेको छ।

प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले भारत, बंगलादेश र कीर्गिस्तान रहँदा अर्को समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन्।

दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन्। च्यालेन्ज कपमा कुल २० खेल हुनेछ।