शिक्षक सरुवाकाे विषयलाई लिएर बाराकाे हर्दिया तनावग्रस्त

वीरगञ्ज – बाराको सुवर्ण गाउँपालिका–५ हर्दिया टोलस्थित विद्यालयका प्रधानाध्यापक सरुवा गरिएको विषयलाई लिएर विद्यार्थी विरोधमा उत्रिएका छन्।

गाउँपालिकाले श्री नेरामावि हर्दियाका प्रधानाध्यापक रामएकवाल प्रसाद यादवलगायतकाे  सरुवा गरेपछि विद्यार्थीले विरोध गरेका हुन्।

आक्रोशित विद्यार्थीहरुले सोमबार गाउँपालिकाको कार्यालयमा तोडफोडसमेत गरेका छन्। आक्रोशित विद्यार्थीले सडकमा टायरसमेत बालेर सरुवाको विरोध गरेका थिए।

गाउँपालिका कार्यालयमा तोडफोड गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २४ राउण्ड अश्रुग्यास प्रहार गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।

विद्यार्थीसँगै विरोधमा उत्रिएका स्थानीयले ढुंगा प्रहार गर्दा प्रहरीका पाँच र सशस्त्र प्रहरीका चार जना गरी नौ जना प्रहरी घाइते भएको पाण्डेले बताए। घाइतेमध्ये प्रहरी जवान सुरेन्द्र खत्वे मण्डललाई बढी चोट लागेको छ। घाइते प्रहरीको उपचार गरिएको पाण्डेले बताए। अहिले स्थिति नियन्त्रणमा आएको छ।

 

जेठ ८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्