जनकपुरधामबाट २० लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम – धनुषा प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला सीतामढी ग्राम पञ्चायत मनपुर घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका ६ मा डेरा लिएर बस्ने २५ वर्षीय रन्धिर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
सोमबार बिहान विशेष सूचनाको अधारमा जनकपुरधाम ६ डोम्बाबारीस्थित गस्तीमा खटेको प्रहरीको गस्ती टोलीले ठाकुरलाई चेकजाँच गर्दा स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँ बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।