फोटो फिचर
तस्बिरमा हेर्नुहोस् नेपाल भर्सेज किर्गिस्तान
काभा महिला भलिबल प्रतियोगिता
काभा महिला भलिबल प्रतियोगिता
काठमाडौँ – सोमबारबाट सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा घरेलु टोली नेपालले विजयी सुरुआत गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै सुखद सुरुआत गरेको हो।
नेपालले किर्गिस्तानलाई २५–११, २५–१९ र २५–११ को सेटमा पाखा लगायो। अब नेपालले दोस्रो खेलमा मंगलबार बंगलादेशको सामना गर्ने छ।