अरण्यज्योति कप टी–२० क्रिकेटको उपाधि तनहुँलाई

पोखरा – पोखरामा भएको अरण्यज्योति कप टी–२० क्रिकेटको उपाधि पेलिक्याण्टस् क्रिकेट क्लब तनहुँले जितेको छ।
सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयोजक अरण्यज्योति क्रिकेट क्लबलाई ६९ रनले पराजित गर्र्दै तनहुँले उपाधि जितेको हो।
खेलमा पहिले व्याटिङ गरेको तनहुँले २० ओभरमा ४ विकेट गुमाएर १८८ रनको विशाल योगफल तयार पार्यो।
तनहुँको पारीमा प्रतिक श्रेष्ठले ५८, इशान पाण्डेले ४० तथा इश्वर क्षेत्रीले ३८ रनको योगदान दिए।
अरण्यज्योतीका बल अमरसिंह राउटेला र विद्यान श्रेष्ठले समान २÷२ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको अरण्यज्योतीले ११९ रनमा समेटियो।
उपाधिसँगै तनहुँले ८० हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरेको छ। उपविजेता अरण्यज्योतीले ४० हजार रुपैयाँमा चित्त बुझायो।
प्रतियोगितामा अरण्यज्योतीका अमरसिंह राउटेला म्यान अफ द सिरिज तथा वेष्ट व्याट्स्म्यान घोषित भए।
युनिसविक्रम सिंह बेष्ट बलर बन्दा प्रतिक श्रेष्ठ म्यान अफ दि फाइनल भए। सर्वोत्कृष्ट खेलाडीले ५ हजार र उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे।