आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै, दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
राति देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीरही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।