अभियुक्तको नामै लिएको अडियो छताछुल्ल हुँदापनि बचाइयो: शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तको नामै लिएको अडियो छताछुल्ल हुँदापनि सत्तापक्षले ढाकछोप गरेको आरोप लगाएका छन्।
महासचिव पोखरेलले आज सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।
नक्कली भुटानी प्रकणमा सत्तापक्षका नेताहरू संलग्न रहेको भन्ने अडियोहरू सामाजिक सञ्जालमा आएको कुरालाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्।
उनले भनेका छन्:
पीडित भनिएकाहरुले सार्वजनिक गरेका र पीडितसंगको सम्वादका क्रममा अभियुक्तहरुले नै नाम लिएका अडियो-भिडियो सामाजिक संजालमा छताछुल्लहुदा पनि सम्वन्धित व्यक्तिलाई छानविनको प्रकृयामा नै नल्याइकनै सत्तापक्षको निर्देशन अनुरुपको अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का रुपमा तयारगरी सरकारी वकिलको कार्यालयमा बुझाइएको कुरा सार्वजनिक हुँदा सुरुदेखिनै गरिएको आशंकालाई पुष्टि गरेको छ।
यति सम्वेदनशील र गम्भीर अपराधका विषयमा गरिएको यस प्रकारको कमजाेरीको जति आलोचना गरेपनि कम हुन्छ।