यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

सांकेतिक तस्बिर।
काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकले आज जेठ ९ गतेका लागि निर्धारण गरेको दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ १० पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ६१ पैसा र बिक्री दर १६५ रुपैयाँ ३६ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् कुन देशको दर कति?