मधेस प्रदेश सरकार विस्तार हुँदै,जनमत बाहिरिने संभावना

जनकपुरधाम – मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल विस्तार गर्न लागेका छन्। मुख्यमन्त्री यादवले नेपाली कांग्रेस, नेकपा एस लगायतका पार्टीलाई सामेल गरेर मन्त्री मण्डल विस्तार गर्न लागेका हुन्।

मुख्यमन्त्री मन्त्रीमण्डल विस्तार गर्न लाग्दा सत्ता साझेदार दल जनमत पार्टीले भने असन्तुष्टि जनाएको छ। हाल जनमत पार्टीसँग रहेको कृषि मन्त्रालय अन्य पार्टीलाई दिन लाग्दा जनमतले सरकारबाट बाहिरिने तयारी गरेको हो।

मधेस प्रदेशमा नेकपा एमाले सरकारबाट बाहिरिएपछि सरकार विस्तार हुन सकेको थिएन। प्रदेश प्रमुखको कार्यालय अनुसार सपथ ग्रहणको समय मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ।

जेठ ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्