आइपिएलः फाइनल प्रवेशका लागि गुजरात र चेन्नई भिड्दै

काडमाडौँ -इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनल प्रवेशका लागि साविक च्याम्पियन गुजरात टाइटन्स र चेन्नई सुपर किग्स प्रतिस्पर्धा गर्दै छन्। पहिलो क्वालिफायर अन्तर्गत हुने खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुने छ।
पहिलो पटक यी दुई टिमबिच प्लेअफमा प्रतिस्पर्धा हुन लागेको हो।
गुजरात लगातार दोस्रो सिजन फाइनलमा स्थान बनाउने ध्याउनमा रहेको छ। गतवर्षबाट १० टिम इन्डियन प्रिमियर लिगमा सहभागि गराउने निर्णयसँगै पहिलो पटक आइपिएल खेलेको गुजरात आफ्नो डेब्यु सिजनमै च्याम्पियन बनेको थियो।
चेन्नईभने गत संस्करणमा समूहचरणबाटै बाहिरिएको थियो। तर समग्रमा चेन्नईले भने १२ पटक प्लेअफमा स्थान बनाइसकेको छ।
क्वालिफायरमा जित निकाल्ने टिमले फाइनलमा स्थान बनाउने छ। पराजित टिमले अर्को एक मौका प्राप्त गर्ने छ। मुम्बई र लखनउको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ।
हेड टु हेडमा महेन्द्र सिह धोनीको कप्तानीमा रहेको चेन्नई ३ खेलमा सबै तीन खेलमा गुजरात सँग पराजित भएको छ। चेन्नईको घरेलु मैदानमा दुई टिम पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्।
समूहचरणमा गुजरात १४ मध्ये १० जित सहित २० अङ्क बनाएर शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो। चेन्नई भने १७ अङ्कका साथ दोस्रो स्थानमा रहेर प्लेअफ सुरक्षित गरेको थियो।