सांसद गुप्ताको प्रश्न- उखु किसानलाई छुट्याइएको अनुदान रकम खोइ?

फाइल तस्बिर।

काठमाडौँ – सांसद मंगलप्रसाद गुप्ताले उखु किसानको लागि छुट्याइएको रकम कहाँ गयो भनेर सरकारसँग प्रश्न गरेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद गुप्ताले कपिलवस्तुका उखु किसानलाई दिन भनेर छुट्याएको रकम किसानले नपाएको भन्दै तत्काल उपलब्ध गराउन माग गरेका छन्।

उनले भने,’कपिलबस्तुका किसान माइतीघरमा आन्दोलनमा छन्। सरकारले दिने भनेको अनुदान कपिलबस्तुका किसानले पाएका छैनन् अनुदान दिने निर्णय भएर पनि उक्त रकम किसानले पाउन सकेका छैनन् उक्त रकम कहाँ छ?’

जेठ ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्