फोटो फिचर

दुवै खुट्टा गुमाएका सगरमाथा आरोही बुढामगर काठमाडौँमा, पर्यटनमन्त्रीले गरे स्वागत(तस्बिरहरू)

काठमाडौँ – दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढामगरलाई पर्यटनमन्त्री सुदन किरातीले काठमाडौँमा स्वागत गरेका छन्।

पूर्व ब्रिटिस गोर्खा सैनिक रोल्पाका आरोही बुढामगरलाई बधाई दिँदै स्वागत गर्न पर्यटनमन्त्री किराती विमानस्थल पुगेका थिए। उनको स्वागतका लागि बाजागाजा र झाँकीसहित रोल्पाका विभिन्न व्यक्तिहरू पनि पुगेका थिए। ‘हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएकोछ’, मन्त्री किरातीले भने, ‘उहाँले विश्व समूदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ।’

वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका थिए। यससँगै बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन्।

रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए।

उनले कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन्। झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन्।

तस्बिरहरू: