बझाङ हिमपहिराेमा परेका तीन जना मृत फेला

सांकेतिक तस्बिर।
धनगढी – बझाङकाे सुर्मा गाउँपालिकामा हिम पहिराेमा परेका तीन जना मृत फेला परेका छन्।
यार्सागुम्बा संकलनका लागि धानसेरी हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका तीनै जनाको शव फेला परेको हाे।
हिमपहिरोमा पुरिएका सुर्मा गाउँपालिका- ३ काँटै गाउँकी ४० वर्षीया रामकोइला बोहरा, जयपृथ्वी ननगरपालिका ११, मयानाकी १८ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
आइतबार दिउँसो हिमपहिरोमा उनीहरू पुरिएका थिए। हिमपहिरोमा परेर रामकोइलाका श्रीमान् ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी ननगरपालिका ११, मयानाका १४ वर्षीय आकाश धामी घाइते भएका थिए।
सदरमुकामबाट गएको प्रहरीको टोली र स्थानीयले यार्चा संकलन क्षेत्रबाट शवहरू सदरमुकाम ल्याइसकेको र जिल्ला अस्पतालमा पाेष्टमार्टम गरिएकाे प्रहरीले जनाएकाे छ।