मधेसका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

जनकपुरधाम – मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेपाली कांग्रेसका कृष्णप्रसाद यादव र वीरेन्द्र प्रसाद सिंह तथा एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपानेलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।

यादवले भौतिक पूर्वाधार विकास, सिंहले स्वास्थ्य तथा जनसंख्या र न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका हुन्।

जेठ ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्